|
साहित्यिक बहस गरौं
3. नेपाली साहित्यको
विकासमा सिक्किमको योगदान
सिक्किमको पुस्तक युरोप अमेरिकामा पाइन्न
सिक्किमले नेपाली भाषा साहित्यको
विकासमा निकै योगदान दिएको कुरा पढिएको छ। तर
सिक्किमबाट प्रकाशित पुस्तकहरू हामी अमेरिका, युरोपमा
बसोबासो गर्नेले अध्ययन गर्न पाएका छैनौं। नेपालका
बजारमा पनि सिक्किमबाट प्रकाशित पुस्तक त्यति पाइँदैन।
तर चर्चा धेरै सुनेको छु।
0 मोहनकुमार क्षेत्री,
लन्दन
सिक्किमले धेरै गर्नुछ
सिक्किमले नेपाली साहित्यको विकासमा
निकै योगदान दिएको छ। त्यहाँ पवन चामलिङद्वारा स्थापना
गरिएको निर्माण प्रकाशनले निकै महत्वपूर्ण पुस्तक
प्रकाशन गरेका छन्। पारिजातका पुस्तकहरू संकलन कार्य
राम्रो भएको छ। केदार गुरुङको स्रष्ट्राले पनि राम्रो
काम गरेको छ। अन्तरराष्टिय कविता विशेषाङ्क हेरेको छु।
अरु त्यति थाहा भएन। तर अझ धेरै गर्नु छ।
0 योगेश राई, हङ्कङ
दार्जिलिङले जति गरेको छ त्यति
गरेको छैन
सिक्किमले साहित्यको सेवा गरेको लामो
भएको छैन। सिक्किमले दार्जिलिङले जति काम गरेको छैन।
दार्जिलिङ नेपाली साहित्यको तिर्थ नै हो। एक्लो
पारसमणि प्रधानले पनि महत्वपूर्ण कार्य गरेका छन्।
0 पूर्णमान राई,
खरसाङ, हाल नयाँ दिल्ली
2. विचलन प्रयोग
राम्रो कार्यको थालनी
भारतीय नेपाली साहित्यको परिप्रेक्ष्यमा आयामिक
आन्दोलनपछि विचलनले राम्रो कार्यको थालनी गरेको छ।
विचलन सम्बन्धि अहिले म यति नै भन्न सक्छु।
0 पुनम, भारत,
pu_nam@yahoo.co.in
केही भन्नु चाँहि
हतार होला
प्रयास त राम्रो नै देखिँदै छ तर अहिले नै केही भन्नु
चाँहि हतार होला। अब हेर्दै जाउँ उनीहरूले यस
प्रयोगलाई कसरी अघि बढाउँछन्।
रोशन राई, दार्जिलिङ, भारत,
rrai@yahoo.co.in
1.
नेपाली भाषामा एकरूपता ल्याउन के
गर्नुपर्छ
बहस हुनुपर्छ
नेपाली भाषामा एक रूपता ल्याउनलाई बहस हुनुपर्छ अनि
त्यस बहसबाट निक्लिएका पक्षहरूलाई कार्यरूपमा परिणत
गर्न जरुरत छ। सिक्किममा भएको 5 अक्टोबरको कार्यक्रम
फेरि-फेरि हुनुपर्छ अनि एउटा समय सीमा बाँधेर
प्रभावशाली निचोडमा पुग्नुपर्छ। हुन नसक्ने कुनै कारण
छैन। सबैले मिलेर काम गर्नुपर्छ। सरकारी तरिकामा
फण्डिङ हुनुपर्छ, काम गर्नेहरू चाहिँ सिन्सियर लेखक र
व्याकरणविद् अनि यो विषयमा चासो राख्नेहरू हुनुपर्छ।
बसेर बात गर्न सकिन्छ यस बारे।
0 हिरा
छेत्री, कालेबुङ, भारत
व्याकरण एक हुनुपर्छ
नेपाली भाषाको एक रूपताका लागि व्याकरण एक हुनुपर्छ।
आज विभिनन् प्रकारका व्याकरणको प्रयोग छ। तर यो निकै
कठीन कार्य हो। नेपालीहरू विभिन्न स्थआनमा छरिएर बसेका
छन्। यसैले सथानीय बोली र लय निश्चय आउँछ। तर सबैले
मिलेर एकै व्याकरणको प्रयोग गरे समाधानको बाटो पाइन्छ
होला। यसमा हाम्रा विद्वानहरूले सोच्नु पर्छ।
0
रामबहादुर छेत्री,
अष्ट्रेलिया
|