नेपाली खण्ड


Web Search 
tistarangit.com
Weather (1 - Jan)
Gangtok, Sikkim
Max. Temp. 12.04
Min. Temp. 05.4
Rainfall 0
 HOME | ABOUT US | FEEDBACK | ABOUT SIKKIM | GOVT.ADVT.
          राष्ट्रियस्तर क्रिकेट प्रतियोगिताको तयारीमा सिक्किमका खेलाडीहरू    मजदुरहरूको पक्षमा फसेला नभए मजदुर मोर्चाले हस्तक्षेप गर्ने    नयॉं वर्ष शान्ति, समृद्धि, आपसी मेल मिलाप र सद्‌भावनाको वर्ष बनोस्‌ : एसडीएफ    108 औं इमान सिंह चेमजोङ जन्म जयन्ती पालन     मदन तामाङ हत्याकाण्डका आरोपीको हत्या : हत्याको प्रतिशोधमा दुइवटा घर जलाएर भष्म    2010-11-मा 4853 नयॉं समाचार पत्रहरूको पञ्जीकरण      चण्डीगढमा प्रस्तुत गरियो नेपाली लोक नृत्य     सिक्किम विश्वविद्यालयको मनसुन अर्द्धवार्षिकको परीक्षामा 95.65 % विद्यार्थी सफल    तीन जिल्ला पञ्चायतले खरिद प्रक्रिया संगै वित्तिय नियम र अधिसूचना उल्लंघन गरेको खुलासा     एसयूलाई उच्च स्तरीय क्याम्पस बनाउने सपना अधुरै रह्यो - डा. लामा    Sikkim Rajya Sabha Election on January 30: EC    Madan Tamang murderer murdered: Who else than GJM will be blamed?    Northeast India still missing as ‘National’ anthem turns 100    Constitutional Status Accorded to Tribes of North-Eastern States    Anshu Jamsenpa: New Face of Clean India Campaign, Arunachal    New Manufacturing Policy to Create 100 Million Jobs in India    Documentation of Local Health Tradition of Sikkim concluded    Sikkim: 1 body yet to recover; Rangchang Bridge incident    One day winter session of Sikkim Legislative Assembly    Are we really concerned about the proposed ban on Bhagavad Gita?    
सिक्किमका साहित्यिक संघ-संस्था
 

1.  अपतन साहित्य परिषद्

- अपतन साहित्य परिषद् सिक्किमको पहिलो साहित्यिक संस्था हो। यसको स्थापना 15 अप्रेल, 1947-मा गान्तोकमा भएको उदय क्षेत्रीले आफ्नो शोधपरक पुस्तक नेपाली साहित्यको विकासमा सिक्किमका संघ-संस्थाहरूको योगदान-मा उल्लेख गरेका छन्।

- यस संस्थाका संस्थापकहरू अगमसिंह तामाङ, पदमसिंह सुब्बा, तुलसीबहादुर छेत्री र निमावाङ्दी तार्गेन लेप्चा कै नामको अघिल्लो अक्षर मिलाएर अपतनको गठन भएको हो। पछिबाट यस संस्थामा रश्मिप्रसाद आले, भूपाल लामिछाने, लक्ष्मण छेत्री, सन्तबीर लिम्बू, रामदत्तलाल ठाकुर, पण्डित शिवनाथ मिश्र, चन्द्रदास राई, वृजानन्द सिंह र हरिप्रसाद प्रधान आदि सामेल भएका थिए। यस संस्थाका सबै सदस्यले आफ्नो नामको पछि अपतन उपनाम जोड़ेर नेपाली साहित्यमा क्रान्ति नै ल्याएका थिए। अपतनको अर्थ कहिले ननासिने, पतन नहुने भएकाले यो सबैलाई प्रिय बन्यो।

- अपतन साहित्य परिषद्को गठनपछि सिक्किममा साहित्यिक गतिविधि अघि बढ़ेको देखिन्छ। यसले साहित्यको विकासमा सक्रियताका रूपमा कार्य गऱ्यो। सिक्किमेलीलाई साहित्य लेखन तथा सिर्जनाका निम्ति एउटा प्रेरणाको रूपमा यो संस्था सक्रिय रहेको थियो। यस संस्थाले सर्वप्रथम 1948-मा सिक्किममा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती धुमधामले मनाएको कुरा क्षेत्रीले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। यसका साथै नेपालबाट महानन्द सापकोटा, बालचन्द्र शर्मा, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण शम जस्ता साहित्यिकहरू आउँदा स्वागत कार्यक्रमहरूको आयोजना गरेको थियो। त्यतिमात्र होइन यसले गान्तोकमा हरिश्चन्द्र तारामती र मुकुन्द इन्दिरा जस्ता प्रख्यात नाटकहरू मञ्चन गरेको देखिन्छ।

-  यस संस्थाले प्रत्येक सप्ताह साहित्यिक गोष्ठीको आयोजना गर्ने गरेको थियो। उक्त गोष्ठीमा पाठ गरिएका राम्रा रचनाहरूलाई भूपाल लामिछानेको सुन्दर हस्ताङरमा लेखिन्थ्यो अनि अमूल्य रत्न नामक हस्तलिखित पत्रिकामा प्रकाशन गरिन्थ्यो। पछिबाट यस संस्थाले शिवनाथ मिश्र र तुलसीबहादुर छेत्रीको सम्पादनमा इन्द्रकील पुष्पाञ्जलि (1950) प्रकाशन गऱ्यो। त्यसपछि तुलसीबहादुर छेत्रीको बापू बन्दना- कविता संग्रह (1951) र कमल नाटक (1953) प्रकाशन गऱ्यो।

- सक्रियताका साथ साहित्य सेवामा जुटेको यस संस्थामा सरकारी कार्य गर्ने व्यक्तिहरू सदस्य रहेकाले उनीहरूको समय समयमा हुने सरूवा र अगम सिंह तामाङको (1965)-मा मृत्यु भएपछि संस्था बिस्तारै निष्क्रिय बन्दै गएको देखिन्छ। तर सिक्किममा नेपाली साहित्यको सार्वजनिक रूपमा श्रीगणेश गर्ने यस संस्थाको योगदानलाई इतिहासले कहिले पनि भूल्ने छैन।

2.  अखिल सिक्किम विद्यार्थी सङ्गठन

- सन् 1956-मा सिक्किमबाट दार्जीलिङ छात्रवृत्ति पाएर अध्ययन गर्न गएका पच्चास जना विद्यार्थीहरूले गठन गरेको अखिल सिक्किम विद्यार्थी सङ्गठन-को गठन दार्जीलिङमा भए पनि यसले सिक्किमलाई नै कर्मक्षेत्र बनाएको थियो। यस संस्था ताराचन्द्र, महानन्द पौड्याल, पूर्णकुमार प्रधान आदि सदस्य रहेका थिए। पछिबाट यस संस्थाले 1957-मा बर्धमान, बनारस र गान्तोकमा शाखा खोल्यो। यस सङ्गठनले द बुलेटिन अव् त सिक्किम स्टूडेन्टस् अर्गनाइजेशन नेपाली र अंग्रेजी भाषामा महानन्द पौड्यालको सम्पादनमा प्रकाशन गऱ्यो। यसमा उत्कृष्ट साहित्यिक लेखहरू समावेश गर्ने चेष्टा गरिएको थियो। पछिबाट यसले 1957-मा पोल स्टार नामको पत्रिका महानन्द पौड्यालकै सम्पादनमा प्रकाशन गऱ्यो, जसमा साहित्यिक सामग्री प्रसस्त मात्रमा पाइन्छ।यसरी नै ध्रूवतारात्रिवेणी पत्रिकाको प्रकाशन पनि यस विद्यार्थी सङ्गठनबाट भएको थियो।

3.  सिक्किम साहित्यकार सम्पर्क समिति

- सन् 1963-64-तिर रश्मिप्रसाद आलेको सक्रियतामा गठन भएको सिक्किम साहित्यकार सम्पर्क समिति अपतन साहित्य परिषद् पछिको अर्को महत्वपूर्ण साहित्यिक संस्था हो। उक्त संस्थाले नेपाल तथा भारतका साहित्यिक संस्थाहरूसित सम्पर्क स्थापित गर्दै गयो। यसका साथै सिक्किममा अपतनहरूले शुरू गरेको भानु जयन्ती मनाउने परम्परालाई यसले सार्वजनिक रूपमा अघि बढ़ाएको हो। यसले चारअङ्कसम्म सुनाखरी नामको पत्रिका साइक्लो स्टायल गरी प्रकाशन गरेको र यसको सम्पादन मण्डलीमा रश्मिप्रसाद आले, लालदेवसा, राम अपतन, गायत्री देवी, लक्ष्मी प्रधान, बुद्धिमाया सिंह, गीता शर्मा, चन्द्रदास राई आदि रहेका थिए। सिक्किमेली साहित्यको विकासमा सुनाखरी पत्रिकाको भूमिका महत्वपूर्ण तथा ओजपूर्ण रहेको छ। सुनाखरीमा विशुद्ध साहित्यिक रचना प्रकाशन भएका छन्। यस संस्थाका सदस्यहरू हुन्- रश्मिप्रसाद आले, भीमबहादुर राई, गायत्रीदेवी गुरूङ, विष्णु आत्रेय, गीता शर्मा, लाल देवसा, राम अपतन, जीत प्रधान, आरएन परियार, रघुनाथ सुवेदी, लक्ष्मीप्रधान तथा बुद्धि गुरूङ आदि।

4.  सिक्किम युवा पुस्तकालय

-  सन् 1964-को जनवरी महीनामा सिक्किम युवा पुस्तकालयको स्थापना भएको हो। यस पुस्तकालयका संस्थापक सदस्यहरू सन्तोष बरदेवा, प्रयाग चन्द्र मुन्दडा र नरेन्द्र प्रधान थिए। नवौं र दशौं श्रेणीमा अध्ययनरत विद्यार्थीहरूको जमर्कोमा गठन भएको सिक्किम युवा पुस्तकालयले 1966-को सितम्बरदेखि नवज्योति नामक पत्रिका प्रकाशन शुरू गऱ्यो। पुस्तकालयको सक्रियता देखेर रश्मीप्रसाद आलेको नेतृत्वमा रहेको सिक्किम साहित्यकार सम्पर्क समिति युवा पुस्तकालयप्रति समर्पित बनेको देखिन्छ। यस पुस्तकलायलाई तत्कालीन सिक्किमकी महारानी होपकुक छोग्याल नामग्येलले प्रशंसा गर्दै यस्तो मन्तव्य दिएकी थिइन्-

युवा पुस्तकालयका भाइहरूले यसरी पुस्तक संग्रह गरी पुस्तकालयको शुरू गरेकामा हामी आकर्षित भयौं। यिनीहरूले गरेका सिर्जनात्मक कार्यबाट निश्चय नै युवाहरूको प्राज्ञिक विकास हुनेछ। पुस्तकहरू ज्ञान र देशविकासमा साँचो हुन अनि यस सन्दर्भमा हामी भाइहरूको यस प्रयासलाई शुभकामना दिन्छौं।

यस संस्थाद्वारा प्रकाशित नवज्योति पत्रिका 13 अंकसम्म प्रकाशित भएको देखिन्छ। यसमा विभिन्न साहित्यिक सामाग्री प्रकाशन भएका थिए। यसका साथै यसले उषा र प्रिमूला नामक पत्रिका पनि प्रकाशन गरेको थियो। उषा अंग्रेजी र नेपाली भाषाको पत्रिका थियो भने प्रिमूला अंग्रेजी पत्रिका थियो। यस संस्थाका सदस्यहरू हुन्- सन्तोष बरदेवा, बाबूकाजी शाक्य, प्रयागचन्द्र मुन्डा, सुकुमार प्रधान, तेजबहादुर गुरूङ, रविप्रसाद राई, नरेन्द्र प्रसाद, राजेन्द्र लखोटिया, उदयकुमार प्रधान, भीमबहादुर छेत्री, चम्पालाल जोशी, कर्णबहादुर बस्नेत, रामचन्द्र पौड्याल, दूर्योधन प्रधान, अल्फ्रेड कार्थक, कमलप्रसाद अधिकारी, ईशूबहादुर राई, पदमबहादुर गुरूङ, लाईप्रसाद बस्नेत,  शरदकुमार गुरूङ, मणिकुमार तिखात्री, ओमकुमारी प्रदान, लक्ष्मी खरेल आदि। 1973- पछि यो संस्था निष्क्रिय बन्दैगएको देखिन्छ।

5.  पश्चिम सिक्किम साहित्य प्रकाशन

- 21 मई 1975-मा भानु जयन्ती मनाउनका निम्ति गठन भएको पश्चिम सिक्किम साहित्य प्रकाशन आज पनि त्यत्तिकै सक्रिय छ। संस्थाको स्थापनापछि यसले प्रत्येक वर्ष भानु जन्यती, बुद्ध जयन्ती, सरस्वती पूजालगायत साहित्यिक तथा सांस्कृति कार्यक्रमहरू आयोजना गर्दै आएको छ। जुलाई 1978-मा सिक्किम सरकारबाट अनि 1984-मा साहित्य अकादमी नयाँ दिल्लीबाट मान्यता ग्रहण गरेको यस संस्थाको स्थापनामा केदार गुरूङको भूमिका महत्वपूर्ण रहेको देखिन्छ। यस संस्थाले 1978-देखि स्रष्टा द्वैमासिक साहित्यिक पत्रिकाको प्रकाशन शुरू गऱ्यो, जो आजसम्म निरन्तर प्रकाशन भइरहेको छ। विराट साहित्यिक गोष्ठीहरू, अभिनन्दन कार्यक्रमहरूलगायत रथ यात्रासम्म गराएर यस संस्थाले नेपाली साहित्यका महारथीहरू शिवकुमार राई, इन्द्रबहादुर राई आदिलाई सम्मान गरिसकेको छ। स्रष्टा पत्रिकामा प्रकाशित तीन सर्वोकृष्ट रचना (कथा, कविता र लेख निबन्ध) छनौट गरी प्रत्येक वर्ष यसले तीनजना साहित्यिकहरूलाई स्रष्टा पुरस्कार पनि प्रदान गर्ने कार्यक्रम गरेको छ। विशेष रूपमा स्रष्टा पत्रिकाको निरन्तरता नै यस संस्थाको मूल लक्ष्य रहेकाले नेपाली साहित्यमा यसले स्रष्टाका विभिन्न विशेषाङ्कहरू प्रस्तुत गरेको छ, जसमध्ये कथा विशेषाङ्क, सिक्किम वाङमय विशेषाङ्क, भारतीय नेपाली कथा विशेषाङ्क, डुवर्स विशेषाङ्क, पश्चिमाञ्चल विशेषाङ्क, पूर्वाञ्चल विशेषाङ्क, शहीद विशेषाङ्क, अन्तर्राष्ट्रिय कविता विशेषाङ्क, लीला लेखन विशेषाङ्क आदि यसका प्रमुख र महत्वपूर्ण विशेषाङ्कहरू हुन्।

आधुनिक सिक्किममा यस संस्थाले नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान पुऱ्याएको छ। यस संस्थाका अध्यक्षहरू यसप्रकार रहेका छन्- प्रेमलाल तिवारी, डी.पी. सिग्द्याल, एम.बी. गुरूङ, एल्डी. राई मिक्खोले, छिरिङ पाञ्जो शेर्पा, चन्द्रलाल गुरूङ र टेकनाथ तिवारी।

गेजिङ बजारमा आदिकवि भानुभक्त आचार्यको शालिक स्थापना गर्न संस्था सफल बनेको छ।

6.  नेपाली साहित्य परिषद्

- नेपाली साहित्य सम्मेलन, सिक्किम साहित्य परिषद् हुँदै हाल नेपाली साहित्य परिषद्को नामले चिनिने यस संस्थालाई सिक्किममा आज मुख्य साहित्यिक संस्था मानिन्छ। यस संस्थाको कार्यालय गान्तोकको विकास क्षेत्रमा रहेको छ। यसको त्यहाँ आफ्नै पाँचतले भवन रहेको छ, जहाँ सभाकक्ष, आवास, पुस्तकालय आदि सुविधा रहेका छन्।

- नेपाली साहित्य सम्मेलनको स्थापना सन् 1981-मा भएको थियो। सन् 1981-मा यस संस्थाको सक्रियतामा गठन भएको भानु शालिक निर्माण समितिको गठन गरी गान्तोकमा भानुको पूर्णाङ्ग शालिकको स्थापना गरेको थियो। यसका संस्थापक सदस्यहरूमा राज.के. श्रेष्ठ, भूपेन्द्र अधिकारी, रोबट राई, सुधीर घले, अछुत र कृष्णकुमार राई प्रमुख रहेको देखिन्छ। यस संस्थाले 1982-मा आएर सिक्किम सरकारको मान्यता प्राप्त गऱ्यो भने पुस्तकालयको स्थापना पनि गऱ्यो। 1984-मा आएर साहित्य अकादमी ऩयाँ दिल्लीले यसलाई मान्यता प्रदान गरेको देखिन्छ। यस संस्थाले 1982-देखि सम्मेलन पत्रिका भूपेन्द्र अधिकारी, राज.के. श्रेष्ठ, राधाकृष्ण शर्मा र शान्ति छेत्रीको सम्पादनमा प्रकाशन भएको थियो। यसले 1983-सम्ममा पत्रिकाको तीन अङ्क प्रकाशन गरी नाम परिवर्तन गरी कनका प्रकाशन शुरू गऱ्यो। यसका अध्यक्षहरूमा राज.के. श्रेष्ठ, सानु लामा रहेका थिए भने अन्य सदस्यहरूमा रोबट राई, सुधीर घले, कृष्णकुमार राई, दिलु मास्के, राधाकृष्ण शर्मा, पेम्पा तामङ,  भीम योञ्जन, विजय बान्तवा, गोपाल गाउँले, चुनिलाल घिमिरे, विक्रम गौतम, अनिता निरौला, टी.पी. कोइराला, गणेश प्रधान आदि रहेका थिए।

- 1985-मा रूद्र पौड्यालको अध्यक्षतामा सिक्किम साहित्य परिषद्को गठन भएको देखिन्छ। यो संस्था तीनवर्षसम्म चलेपछि 1989-मा नेपाली साहित्य सम्मेलनको नाम संशोधन गरी सिक्किम साहित्य परिषद् गरिएपछि त्यसैमा विलय भएको देखिन्छ। यस संस्थाले 1985-मा पारसमणि प्रधानलाई अभिनन्दन गरेको थियो भने चिन्तन पत्रिकाको प्रकाशन शिव प्रधानको सम्पादनमा गरेको थियो। यसका अन्य सम्पादकहरू थिए राधाकृष्ण शर्मा, पवन चामलिङ, गंगा कप्तान, सुवास दीपक थिए। यस संस्थामा रूद्र पौड्याल, राधाकृष्ण शर्मा, पूर्ण राई, शिव प्रधान, सुवास दीपक, गोपाल दाहाल, गोपाल गाउँले, डेण्डुप लेप्चा, आत्मा वाइवा, देविका मोक्तान, शान्ति छेत्री, सानुभाइ शर्मा, बी.एस राई, गंगा कप्तान, डी.पी. राई, एन.बी. तिवारी, काजी गजमेर, आर्य लामिछाने, भवानीप्रसाद शर्मा, टाशी तामाङ, बलि सुब्बा, थिरूप्रसाद शर्मा, केदार गुरूङ, एल्डी राई मिक्खोले र भानुप्रकाश मार्मिक सद्स्य रहेका थिए। यसले चिन्तन पुररस्कारको स्थापना गरी आत्म वाइवा र पवन चामलिङ किरणलाई प्रदान गरेको थियो।

- 1989-को 10 मार्चमा नेपाली साहित्य सम्मेलन र सिक्किम साहित्य परिषदको विलय भयो र नयाँ संस्थाको नामाकरण सिक्किम साहित्य परिषद् गरियो। यस संस्थाले अघिबाटै प्रदान गरिँदै आएको भानु पुरस्कार, कनकाको प्रकाशन, भानु स्मारिकाको प्रकाशनलगायत गान्तोकमा भानुजयन्ती भव्यताका साथ पालन गर्दै आएको देखिन्छ। यस संस्थाले साहित्यकारहरूको पुस्तक प्रकाशन तथा विविध पिरयोजनामूलक कार्यक्रमहरू निष्पादन गर्दै आएको छ। यसका साथै यस संस्थाले तीनवटा राष्ट्रिय पुरस्कारको स्थापना साहित्य, कला र सङ्गीत विधामा गरेको छ। प्रत्येक वर्ष एक विधामा प्रदान गरिने यी पुरस्कार साहित्य क्षेत्रमा अगमसिंह गिरी स्मृति पुरस्कार, सङ्गीत क्षेत्रमा मित्रसेन स्मृति पुरस्कार र कला क्षेत्रमा कृष्ण सुब्बा स्मृति पुरस्कार रहेका छन्। यस संस्थाका अहिलेसम्मका अध्यक्षहरू यसप्रकार रहेका छन्- राज.के.श्रेष्ठ, सानु लामा, (नेसास) रूद्र पौड्याल (सिसाप), सानु लामा, सानुभाइ शर्मा, प्रद्युम्न श्रेष्ठ, कुबेरचन्द्र दाहाल (नेसाप)। यस संस्थाले वर्ष 2007-मा रजत जयन्ती पालन गरिसकेको छ।

7.  अखिल भारतीय नेपाली भाषा सम्मेलन सञ्चालन समिति तथा भारतीय नेपाली राष्ट्रिय परिषद्

यी दुवै संस्थाको स्थापना नेपाली भाषालाई भारतको संविधानको आठौं अनुसूचीमा अन्तर्भूक्त गराउन राष्ट्रिय एकताको भावना विकसित गर्नका निम्ति भएको थियो। यी दुवै संस्थाको अध्यक्षता तत्कालीन सिक्किमका मुख्यमन्त्री नरबहादुर भण्डारीले गरेका थिए। भारत भरिका नेपाली बुद्धिजीविको सदस्यता रहेको यी दुवै संस्थाको मूल उद्देश्य नेपाली भाषालाई संविधानको आठौं अनुसूचिमा अन्तर्भूक्त गराउनु थियो। अखिल भारतीय नेपाली भाषा सम्मेलन सञ्चालन समितिको गठन मई 1990-मा भएको थयो भने भारतीय नेपाली राष्ट्रिय परिषद्को गठन जुन 1990-मा भएको देखिन्छ। भारतीय नेपाली राष्ट्रिय परिषद्ले 100 भन्दा धेरै राजनीतिक दलहरूको समर्थन पाएको थियो अनि यसले आधार नामक पत्रिका प्रकाशन गरेको थियो। यस संस्थामा भारतभरिका नेपाली राजनीतिज्ञ, बुद्धिजीवि, साहित्यकार आदिको सक्रियता रहेको थियो। 20 अगस्त 1992-मा नेपाली भाषाले भारतको संविधानको आठौं अनुसूचीमा प्रवेश पाएपछि यो संस्थाको उद्देश्य पूरा भएको देखिन्छ।

8.   सिक्किम प्रतिभा प्रतिष्ठान

1992-मा पाकिममा स्थापना भएको साहित्यिक संस्था हो सिक्किम प्रतिभा प्रतिभा प्रतिष्ठान। विभिन्न साहित्यिक कार्यक्रम, सभा, गष्ठी आदि सञ्चालन गर्दै आएको यस संस्थाले गोरेटो बिसौने साहित्यिक पत्रिका ध्रुव लोहागण र राजेन्द्र शिवाकोटीको सम्पादनमा प्रकाशन गरेको छ। यसका संस्थापकहरूमा अरूणप्रसाद राई, राजेन्द्र घिमिरे, राजेन शिवाकोटी, ध्रुव लोहागण, मणिराज राई, डी.आर. गुरूङ आदि रहेका छन्।

9.   दक्षिण सिक्किम साहित्य सम्मेलन

31 मार्च 1995-मा स्थापना भएको दक्षिण सिक्किम साहित्य सम्मेलन सिक्किमका प्रमुख साहित्यिक संस्थाहरूमध्ये एक हो। 1995-बाटै यसले शिवकुमार राई स्मृति पुरस्कारको स्थापना गऱ्यो अनि नाम्ची दक्षिण सिक्किममा भानुको शालिक स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गऱ्यो। यसले मैनाम नामक साहित्यिक पत्रिकाको प्रकाशन पनि 1997-बाट शुरू गरेको छ। समय समयमा यस संस्थाले विभिन्न साहित्यिक कार्यक्रमहरूको आयोजना भव्यताका साथ गर्दै आएको छ। जसमध्ये 2000-मा सिक्किम साहित्य उत्सवको आयोजना उल्लेखनीय रहेको छ। यस संस्थाले 1996-देखि कवि अगमसिंह तामाङ प्रतिभा पुरस्कारको पनि स्थापना गरेको छ। यस संस्थाका सदस्यहरू यसप्रकास रहेका छन्- वाङ्दी छिरिङ लामा, दलमान. डी. गुरूङ, ज्ञानप्रसाद शर्मा, धन निर्दोष, दिलिप शर्मा, प्रह्लाद दुङमाली, के.एस. राई, रिञ्छेन योञ्जन आदि।

10.   अखिल सिक्किम प्रतिभा संघ

1995-को अगस्त 8-मा अखिल सिक्किम प्रतिभा संघको स्थापना भएको हो। यस संस्थाले सङ्गीतलाई कार्य क्षेत्र बनाए पनि साहित्यतर्फ पनि यसको झुकाउ देखिन्छ। विशेष गरी नाटक र गीत लेखनमा यस संस्थाले युवा साहित्यकारहरूलाई प्रेरित गर्दै आएको छ। यस संस्थाले कला संस्कृति नामक पत्रिका तीन अङ्कसम्म प्रकाशन गरेको देखिन्छ। यस संस्थामा चक्रपाणी भट्टराई, निलम न्यौपाने, कमल दाहाल, लाक्पा भोटिया, शिवशंकर अधिकारी, यादवकृष्ण काफ्ले, खगेन्द्र प्रधान आदि प्रमुख कार्यकर्ताको रूपमा अघि आएको देखिन्छ।

11.   पश्चिम पाण्डाम साहित्य संस्थान

20 अगस्त 1994-को दिन स्थापना भएको यस संस्थाका संस्थापक विष्णु राईको निधन भएपछि यसले अक्टोबर 1997-मा श्रद्धाञ्जलि नामक पत्रिकाको प्रकाशन गरेको देखिन्छ। तर यसका परिकल्पनाकारको निधनका कारण संस्था सक्रिय रहेको भने देखिँदैन।

12.   सिङ्ताम सद्भावना समिति

औपचारिक रूपमा 19 जनवरी 1996-मा गठन भएको सिङताम सद्भावना समितिले नेपाली भाषा तथा साहित्यमा उल्लेखनीय भूमिका निर्वाह गर्ने साहित्यकारहरूका निम्ति भानुरत्न पुरस्कारको स्थापना गरेको देखिन्छ। भानुजयन्तीका अवसरमा सो पुरस्कार प्रदान गर्ने परम्परा रहेको छ। यसरी नै यस संस्थाले सद्भावना स्मारिका पनि दुइ अंकसम्म प्रकाशन गरेको देखिन्छ।

13.   हिमाली लेखक मञ्च

देशभरिका प्रतिनिधिहरूलाई समावेश गरी 1996-मा गान्तोकमा स्थापना भएको हो, हिमाली लेखक मञ्च। यस संस्थाको मूल उद्देश्य जातीय एकता र विभिन्न प्रान्तबीच साहित्यिक समन्वय स्थापना गराउनु रहेको छ। यस संस्थाले बुद्धिमान प्रधान र डाक्टर शान्ति छेत्रीको सम्पादनमा हिमरेखाको दुइ अंक प्रकाशन गरेको देखिन्छ। यसले गान्तोकमा ग्रन्थकारसितको भेटघाट कार्यक्रमको पनि आयोजना गरेको थियो। यस संस्थाका संस्थापकहरू सानु लामा, राधाकृष्ण शर्मा, शान्ति छेत्री, पूर्ण राई, बुद्धिमान प्रधान, चुनिलाल घिमिरे आदि रहेका छन्।

14.   युवा साहित्य प्रतिष्ठान

6 अक्टोबर 1996-का दिन स्थापना भएको युवा साहित्य प्रतिष्ठान सिक्किमले प्रकाशमा नआएका, मौका नपाएका अनि आफ्नो प्रतिभालाई जनसमक्ष ल्याउन नसकेका र मार्ग नपाएकाहरूलाई प्रोत्साहन र प्रेरणा दिने उद्देश्य लिएको छ। साहित्यिक गोष्ठी, कार्यक्रम आदिको आयोजना गरी युवा प्रतिभालाई प्रोत्साहन गर्ने यसको अभिष्ट रहेको छ। यसले युग नामक पत्रिका दुइ अङ्कसम्म प्रकाशन गरेको देखिन्छ। यस संस्थाका संस्थापकहरूमा चक्रपाणी भट्टराई, टी.बी. चन्द्र सुब्बा, माधव खनाल, आदि रहेको देखिन्छ।

15.   सिक्किम अकादेमी

1978-देखि नै सिक्किम अकादेमीको स्थापनाको प्रयास भए पनि सिक्किम सरकारले 1998-मा आएर सिक्किम अकादेमीको स्थापना गऱ्यो। शुरुमा यस संस्थाको अध्यक्ष तुलसीराम कश्यप, महानन्द पौड्याल र सानु लामालाई मनोनित गरिए पनि यसले सक्रियता देखाउन नसपछि सन् 2002, अप्रेल 11-मा सिक्किम सरकारबाट सिक्किम अकादेमी अधुसूचना जारी गरी सांस्कृतिक मामिला एवं धरोहर विभागको अधिनस्थमा यसको गठन भयो।

 राज्यका मान्यता प्राप्त भाषा, साहित्य, कला, सङ्गीत, संस्कृति आदिको सम्बर्द्धन र संरक्षण गर्नु नै यसको मूल उद्देश्य रहेको छ। यस संस्थाले सन् 2003 देखि वार्षिक रूपमा अकादेमी जर्नल, खबर पत्रिका-को नियमित प्रकाशन गर्दै आएको छ। यसका साथै वार्षिक रूपमा चित्रकला र पुस्तक मेलाको आयोजना अनि समय-समयमा साहित्यिक, साङ्गीत, कला विषयक संगोष्ठी, सम्मेलन आदिको आयोजना यसले गरेको देखिन्छ। यसले हालसम्ममा सिक्किमका चाड़पर्व जस्तै दशैं, माघे संक्रान्ति, पाङल्हाबसोल, टेण्डोङ लोरुम फात, लोसुङ आदिको वृत्तचित्र तयार गरेको छ। यसका अतिरिक्त हिमावर्त, कवि सन्धि, संगोष्ठी पत्र आदि प्रकाशित गरिसकेको छ।

यसले औपचारिक मान्यता पाए पछि जयश्री प्रधान र सानु लामा अध्यक्ष बनिसकेका छन् भने सानु लामा र रुद्र पौड्याल सचिव, प्रवीण राई जुमेली साहित्य सचिव रहेका छन्।

16.   शम साहित्य संस्था

शम साहित्य संस्था मध्य पाण्डामको स्थापना पूर्व सिक्किमको पाण्डाममा 3 अगस्त 1997-मा भएको हो। अपतन साहित्य परिषद्को स्थापना भएको 50 वर्ष पुगेको अवसरमा यस संस्थाको स्थापना गर्दै सदस्यहरूले आफ्ना नामका पछि शम उपनाम लेखेर अपतनहरूको अनुकरण गर्दै उनीहरूको सम्मान गरेको देखिन्छ। यस संस्थाले 1997-देखि प्रत्येक वर्ष जीवन थिङ स्मृति दिवसको पालन गर्दै आएको छ भने अन्य साहित्यिक कार्यक्रमहरूको पनि उत्साहका साथ पालन गर्दै आएको देखिन्छ। 1999-देखि यस संस्थाले अग्निशिखा नामक साहित्यिक पत्रिका प्रकाशन गरेको देखिन्छ।

मूल रूपमा आञ्चलिक साहित्यलाई जोर दिँदै अघि बढ़ेको यस संस्थाले 2003-मा आएर सिक्किमका एक सक्रिय समाजसेवक टीकालाल निरौलाको स्मृतिमा टीकालाल निरौला शम पुरस्कारको स्थापना गरेको छ। यसका संस्थापक सदस्यहरू-पारसमणि शम, डिल्लीराम दुलाल शम, लीलाधर दुलाल शम, शालिक आचार्य शम, अनुपा शम, गोपाल शम, पोष्टराज शम, नारायण शम आदि रहेका छन्।

17.   डा. शोभाकान्ति थेगिम स्मृति ट्रस्ट

साहित्यकार शोभाकान्ति थेगिमको स्मृतिमा 1997-मा डा. शोभाकान्ति थेगिम स्मृति ट्रस्टको स्थापना भएको हो। यसले गान्तोकको पी.एन.जी. स्कूलबाट दशौं श्रेणीको बोर्ड परीक्षामा सर्वाधिक अंक ल्याउने विद्यार्थीलाई नगद पुरस्कार दिने गरेको छ। यसका साथै एघारौं र बाह्रौं श्रेणीमा नेपाली विषयलाई विशेष अध्ययनका रूपमा लिने दुइजना विद्यार्थीलाई आर्थिक अनुदान पनि प्रदान गर्दै आएको छ। यस संस्थाले उत्कृष्ट पुस्तकको छनौट गरी प्रत्येक वर्ष डा. शोभाकान्ति थेगिम स्मृति पुरस्कार प्रदान गर्दै आएको छ। हालसम्म कुल 10 जना साहित्यिकहरूले यो पुस्कार ग्रहण गरिसकेका छन्। पुरस्कारको छनौट प्रक्रिया निष्पक्षता, पारदर्शीता र कृतिगत आधारमा प्रदान गरिने निर्णयका कारण एक दशकभित्रैमा यो पुरस्कार सर्वप्रिय गरीमामय बन्नपुगेको छ।

18.   सिक्किम लेखक समिति

1998-मा स्थापना भएको सिक्किम लेखक समितिको मूल उद्देश्य सदस्यहरूबाट उठेको रकमबाट क्रमैसितले सदस्यहरूको रचनात्मक कृति प्रकाशनमा ल्याउनु रहेको छ। यस संस्थाका सदस्यहरू यसप्रकार रहेका छन्- केदार गुरूङ, गहर उदासी, गोवर्धन बाँस्तोला, धन निर्दोष सुब्बा,  उपमान बस्नेत, दलमान मुखिया, प्रद्युम्न श्रेष्ठ, वाङ्दी छिरिङ लामा, टीबी चन्द्र सुब्बा, प्रवीण राई जुमेली र मनोज राई आदि।

19.   प्रतिभा मिलन कार्यक्रम

अमर बानियाँ लोहोरो र चन्द्र दुलालको सक्रियतामा अगस्त 2005-मा अनौपचारिक रूपमा मासिक कार्यक्रम सञ्चालनहेतु स्थापना भएको प्रतिभा मिलन कार्यक्रम लोकप्रिय साहित्यिक कार्यक्रमहरूमा एक हो। प्रत्येक महीनाको अन्तिम आइतबार गान्तोकमा आयोजना हुने साहित्यिक सम्मेलनमा सिक्किम तथा सिक्किम बाहिरका प्रतिभाहरूको जमघटले यसलाई चर्चाको विषय बनाएको छ।

20.   साहित्यकार स्व. कमला आँसु स्मृति प्रतिष्ठान

साहित्यकार कमला आँसुको निधनपछि 11 मार्च, 2006-मा साहित्यकार स्व. कमला आँसु स्मृति प्रतिष्ठानको गठन भएको हो। यसको मूल उद्देश्य कमला आँसुका कृतिहरूको प्रकाशन, मूल्याङ्कन आदि गर्ने रहेको छ। यसका संस्थापक अध्यक्ष प्रद्युम्न श्रेष्ठ रहेका छन् भने महासचिव विजय बान्तवा रहेका छन्।

21.  निर्माण प्रकाशन

सन् 1977-मा पवन चामलिङ किरणको सक्रियतामा नाम्ची, दक्षिण सिक्किममा गठन भएको निर्माण प्रकाशनले 1978 देखि निर्माण समसामयिक साहित्यिक पत्रिकाको प्रकाशन शुरू गरेको हो। यस पत्रिकाले हालसम्मा केही महत्वपूर्ण विशेषांक प्रकाशन गरिसकेको छ, जसमध्ये संस्कृति विशेषाङ्क, रजत जयन्ती विशेषाङ्क, वाङ्मय विशेषाङ्क, गुमानसिंह चामलिङ विशेषाङ्क प्रमुख छन्। कवि पवन चामलिङ किरणको सम्पादनमा प्रकाशन हुने निर्माण पत्रिका बाहेक निर्माण प्रकाशनले प्रकाशनका क्षेत्रमा महत्त कार्य गर्दै 200 जति साहित्यिक कृति प्रकाशन गरिसकेको छ। यसले पारिजात, इन्द्रबहादुर राई, अगमसिंह गिरी, भीमनीधि तिवारी जस्ता दिग्गज साहित्यकारहरूका सम्पर्ण कृतिहरूलाई प्रकाशन गरिसकेको छ। यसका साथै निर्माण पुरस्कारको गठन गरी आशबहादुर चामलिङ निर्माण पुरस्कार, आशारानी चामलिङ निर्माण पुरस्कार र गोपाल गाउँले निर्माण पुरस्कारले साहित्यकाहरूको सम्मान गर्दै आएको छ। समय-समयमा नेपाली साहित्यिकहरूको विराट अभिनन्दन कार्यक्रम पनि यसले गरेको देखिन्छ।

22.   करुणादेवी स्मारक धर्मार्थ गुठी

जय शंकरलाल श्रेष्ठद्वारा 14 नोवेम्भर, 1995-मा संस्थापित गरिएको यस गुठीले साहित्यिक पुस्तकहरूको प्रकाशन गर्दै आएको छ। 2005-मा यसले रचना कथा प्रतियोगिताको आयोजना गरी रचना कथा अनुष्ठान 2005- प्रकाशित गरेको छ।   

23.   साहित्य सिर्जना सहकारी समिति

साहित्य सिर्जना सहकारी समिति लिमिटेडको स्थापना 11 नोवेम्बर, 2006 को दिन गान्तोकमा भएको हो। सिक्किममा विभिन्न साहित्यिक संघ-संस्था भए पनि साहित्यलाई सहकारितासित जोड़्ने काम भने भएको थिएन र यसै सन्दर्भमा साहित्यिकहरूको यस समितिलाई सहकारी आन्दोलनसित जोड्ने प्रयास गरिएको हो।

मूलतः यस संस्थाको मूल उद्देश्य स्थानीय साहित्यकारहरूका सिर्जनालाई व्यवसाहिक रूप प्रदान गर्दै लैजानु रहेको छ। वेब पत्रिका मार्फत वैश्विकरण गर्ने यसको सानो प्रयास हो। यसै उद्देश्यलाई पूर्ति गर्न टिस्टारङ्गीत नामक मासिक वेब पत्रिका प्रकाशन गरिएको हो। यस पत्रिकामा सिक्किमेली साहित्यकहरूका विभिन्न रचना प्रकाशित भइरहेको छ।
यसको अर्को मूल उद्देश्य के रहेको छ भने समय-समयमा साहित्यिक गोष्ठी
, संगोष्ठी, वार्ता, छलफल जस्ता विषयमा कार्यक्रमहरू आयोजन गर्ने। साहित्यको बद्लँदो विचारधारा अनि विश्व साहित्यको परिवर्तित रूपबारे समय-समयमा छलफल गरिन आवश्यक छ। यसैले यस संस्थाद्वारा समय-समयमा यसप्रकारका कार्यक्रमहरूको आयोजना गर्ने बताएको छ।
NOTICE & ADVERTISEMENTS
          टिस्टारङ्गीतको अवलोकन गरी प्रतिक्रिया पठाउनु हुने सम्पूर्ण शुभचिन्तक प्रति हामी आभार प्रकट गर्दछौ- सम्पादक मण्डली।   ::   
 
Sunday 05th February 2012

ENGLISH SECTION

OTHER LINKS

EDITORIAL BOARD

  Parasmani Shama
  Pravin Rai Jumeli
  TB Chandra Subba
  Amar Baniya Lohoro
  Santosh Alley




ADVERTISEMENT


free web hit counters image


Copy Right © 2007 tistarangit.com, All rights Reserved.
Best viewed in 1024 X 768 Resolution.

Powered by : jayanthsystems