नेपाली खण्ड


Web Search 
tistarangit.com
Weather (30 - Oct)
Gangtok, Sikkim
Max. Temp. 19.2
Min. Temp. 12.8
Rainfall 2.8mm
 HOME | ABOUT US | FEEDBACK | ABOUT SIKKIM | GOVT.ADVT.
          आजको ताजा समाचारका लागि हेर्नुहोस् - समय दैनिक    समय दैनिक पहिलो भारतीय अनलाइन नेपाली दैनिक समाचार पत्र, तल क्लिक गर्नुहोस्     दक्षिण एसियामा बौद्ध पर्यटन मण्डल विकास गर्न सिक्किम र थाइल्याण्डले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने ः थाइ राजदूत     देशमा हेलीपोर्ट पर्यटनको पहिलो केन्द्र सिक्किम     राज्यस्तरीय विज्ञान सङ्‌गोष्ठीका विजेता मुम्बई जाने    युकेरी योजनाअन्तर्गत 7 शिक्षक इंग्ल्याण्ड भ्रमणमा जाने    सिक्किम र नेपाली भाषाको भविष्य उज्जवल छ ः राज्यपाल    सिक्किम प्रेस क्लबका अध्यक्ष कालेबुङ प्रेस क्लबमा सम्मानित    सिक्किममा स्वाइन फ्लू भएको शङ्‌का समाप्त पठाइएको नमूना जॉंचमा स्वाइन फ्लूको लक्षण नभएको एनआइसीडीको पुष्टि     मुख्यमन्त्रीहरूको सम्मेलनमा सहभागिता जनाउन चामलिङ दिल्लीमा     Sikkim Railway Projects declared as National Projects    Sikkim declares 2010 as Year of Tourism     Chief Justice of Sikkim High Court appointed     “Sikkim on the path of a welfare state”    Subash Deepak conferred for Kanchandzonga Kalam Puraskar     Central team heads for Sikkim to assess blockade impact    GJM calls for indefinite strike in hills    ACT stop 96-day fast after state scraps projects    Chamling Appealed Prime Minister to Personally Intervene in the Matter for solving this problem in Darjeeling Hills    Darjeeling on boil, Army called in    
([ 1]  2  3 )    Next»
साहित्य सिर्जना सहकारी समितिलाई सरकारी मान्यता
भारतीय नेपाली साहित्यको इतिहासमा साहित्य सिर्जना सहकारी समिति लिमिटेडको स्थापना एउटा ऐतिहासिक उपलब्धि नै मान्नुपर्छ, किनभने साहित्यलाई सहकारी आन्दोलनसित जोड्ने यो पहिलो प्रयास हो। सम्पूर्ण भारतीय साहित्यकै सन्दर्भमा पनि यो नौलो प्रयास नै हो। आजसम्म साहित्यलाई सहकारी आन्दोलनसित जोड्ने प्रयास भारतमा त्यति भएको छैन। यसले सिक्किम सरकारको सहकारिता विभागमा पञ्जीकरण प्राप्त गर्नसाथै आज यो सरकारद्वारा मान्यता प्राप्त साहित्यिक सहकारी समिति बन्न पुगेको छ। यस उपलब्धिका लागि यसका सबै सदस्य, शुभचिन्तक र पाठकवर्गमा हाम्रो बधाई।

साहित् सिर्जना सहकारी समितिको स्थापना जुन उद्देश्य बोकेर भएको छ त्यसलाई पूरा गर्न सबै सदस्यसहित सबै भाषा-साहित्य प्रेमीको सहयोग आवश्यक ठहरछ। एकलो हातले ताली बज्दैन भनेजस्तै एक्लो प्रयासमा केही पनि सफल हुन्न। विशेष गरी सहकारी संस्थाको सञ्चालनमा सबैको सहमति आवश्यक ठहरछ। यसलाई सबैको साझा संस्था बनाउने हाम्रो प्रयास हुनेछ।

यसका उद्देश र लक्ष्यहरू जो अति नै उत्साजनक र कठीन छन् त्यसलाई पूरा गर्न सबैको सहयोग अपेक्षित छ। यस समितिले मूलतः सिक्किमेली साहित्यिक गतिविधिलाई विश्वको चारैतिर पुर्याउने कोशिश गर्नेछ। साहित्यिक क्रियाकलाप अन्तर्गत गोष्ठी, सम्मेलन, अन्तरक्रिया, विचार गोष्ठी, कार्यशाला, शिविरहरूको आयोजना गर्नेछ भन साहित्यको व्यवसायिकीकरण गर्ने तय गरेको छ। योग्य नव प्रतिभालाई साझा मञ्च प्रदान गर्न अनि लोक साहित्य र संस्कृतिको संरक्षण र जगेरा गर्ने यसका उद्देश्य रहनेछन्।

सिमितिको मूल उद्देश्यमध्ये वेभ पत्रिका सञ्चालन पनि एक रहेको छ। वेभ पत्रिका सञ्चालन गर्ने अनि सिक्किमेली तथा भारतीय साहित्यलाई विश्व समुदाय माझ पुर्याउने र विश्वका नविन धारा र साहित्यिक गतिविधिलाई भारतीय साहित्यमा समावेश गराउने यसको महत् उद्देश्य हो। यसै सन्दर्भमा टिस्टारङ्गीतको सञ्चालन गरिएको हो। टिस्टारङ्गीत आज भारतीय नेपाली साहित्यमा एउटा माइल खुट्टी प्रदान गर्ने इतिहासबनेको छ। यो भारतीय नेपाली साहित्यलाई अनलाइन गर्ने पहिलो साइट हो। सञ्चालन भएको 6 महिनाभित्रमा 12 लाख पल्ट यो साइट हेरिनु तथा नेपालीका साथै अनेपाली पाठकबाट प्रशंसा प्राप्त गर्नुबाट भारतीय नेपाली साहित्यको माग विश्वमा ठूलो छ भन्ने बुझिन्छ।

यस समितिले साहित्यिकहरूलाई सहकारी आन्दोलन अन्तर्गत एक सूत्रबद्ध गर्ने काम गरेको छ र यो निरन्तर जारी रहनेछ। यसले परियोजनागत रूपमा पुस्तकहरू प्रकाशन गर्ने तय गरेको छ। यसका साथै समान विचार भएका स्थानीय, राष्ट्रिय र अन्तराराष्ट्रिय संघ-संस्थाहरूसित सम्पर्क गरी मिलेर कार्य गर्ने अठोट लिएको छ। भाषा–साहित्य तथा ज्ञान–विज्ञान, आधुनिक प्रबन्धनका पुस्तकहरूको विकास गर्ने, पुस्तक व्यवसायको विकास र पढ्ने बानीको अभिवृध्दि गर्न तालिम तथा गोष्ठीहरूको आयोजना गर्ने-गराउने तथा उपयुक्त पाठ्यपुस्तकहरू र पाठ्यसामग्री तयार पारी तिनको सुव्यवस्थित र व्यापक बिक्रीवितरण गर्ने, . भाषा-साहित्यका साथै नेपाली भाषामा नै प्राविधिक विषयका पुस्तकहरू तयार गर्दै जाने र नेपाली भाषाका पुस्तकहरू अरू भाषामा र अरू भाषाका पुस्तकहरू नेपाली भाषामा अनुवाद गरी प्रकाशन गर्ने यसका लक्ष्य रहेका छन्।

तर यी सबै लक्ष्य र उद्देश्य पूरा गर्न सबैको सहयोगको अपेक्षित छ।

सम्पादक मम्डलीको पक्षमा पारसमणि शम
([ 1]  2  3 )    Next»
NOTICE & ADVERTISEMENTS
          टिस्टारङ्गीतको अवलोकन गरी प्रतिक्रिया पठाउनु हुने सम्पूर्ण शुभचिन्तक प्रति हामी आभार प्रकट गर्दछौ- सम्पादक मण्डली।   ::   
 
Saturday 04th September 2010

ENGLISH SECTION

OTHER LINKS

EDITORIAL BOARD

  Parasmani Shama
  Pravin Rai Jumeli
  TB Chandra Subba
  Amar Baniya Lohoro
  Santosh Alley




ADVERTISEMENT


free web hit counters image


Copy Right © 2007 tistarangit.com, All rights Reserved.
Best viewed in 1024 X 768 Resolution.

Powered by : jayanthsystems